सिन्धुपाल्चोक, सुकुटे – नेपाल रग्बी संघको आयोजना तथा बागमती रग्बी संघको व्यवस्थापनमा सञ्चालित प्रथम बागमती महिला बीच रग्बी प्रतियोगिता सुकुटे बिचमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको अध्यक्षता बागमती रग्बी संघकी अध्यक्ष बिनु खड्काले गरेकी थिइन् भने बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल प्रमुख अतिथिको रूपमा सहभागी थिए।
फाइनल खेलमा महिला रग्बी क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा भएको थियो। खेलमा महिला रग्बी क्लबले मधेस प्रदेशलाई २–० ले पराजित गर्दै उपाधि हात पार्यो। विजेता टोलीलाई प्रमुख अतिथि बाट ट्रफी र मेडल प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरल सहयात्री पौडेलले महिला सहभागितामा आधारित यस्ता प्रतियोगिताले लैङ्गिक समानता, खेलकुदको विकास र युवतीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै आयोजकलाई धन्यवाद दिए।
त्यस्तै, अध्यक्ष बिनु खड्काले महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिनिधित्व गराउने खेल आयोजनाको दीर्घकालीन लक्ष्य रहेको र यो प्रतियोगिता महिला रग्बीको विकासतर्फको एउटा ठुलो पाइला रहेको बताए।
प्रतियोगितामा विभिन्न ४ टोलिहरूको सहभागिता रहेको थियो भने समापन समारोहमा खेलप्रेमी, खेलाडी, प्रशिक्षक, संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्