२०८२ असार १७
                           

मैत्रीपूर्ण फुटबल प्रतियोयिाताको विजेता बन्यो उद्योग बाणिज्य संघ

निर्मल बस्नेत
७ असार, लामोसाँघु । शनिबार लामोसाँघुको बशन्तपुर खेलमैदनमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको बिजेता सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बनेको छ ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ३१ औँ स्थापना दिवशको अवसरमा मा आयोजित मैत्रीपुर्ण फुटवल प्रतियोगिाताको उपविजेता सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ सुकुटे बनेको हो ।
उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्ला फुटवल संघ सिन्धुपाल्चोकको प्राविधिक सहयोग रहेको थियो ।
प्रतियोगिातामा ३ –२ को अन्तरले उद्योग वाणिज्य संघ बिजेता बनेको हो । प्रतियोगिताको हाफटाईम अघिल्लो खेलमा २–२ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले १ गोल थपेपछि प्रतियोगताको विजेता सिल्ड उचाल्न सफल भएको हो ।
प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एव सिन्धुपाल्चोक सल्लाहकार सभापति बेद बहादुर श्रेष्ठले खेल सामग्री रेफ्रीलाई हस्तान्तरण गरि प्रतिायोगिताको उद्घाटन गरेका थिए । शुभकामना मन्तव्यका क्रममा उनले प्रतियोगिता आयोजक संस्थाहरुप्रति आभार व्यक्त गरे । सोही क्रममा संस्थापक र पूर्वअध्यहरुको भुमिका र योगदानकोसमेत चर्चा गरे ।
विजेता र उपविजेता खेलाडीहरुलाई श्रेष्ठ लगायत अन्य अतिथिहरुले सिल्ड, मेडल र ट्रफी वितरण गरेका थिए ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिंह थापाले प्रतियोगिताको वारेमा धारणा सहित आम सिन्धपाल्चोकको पर्यटनको प्रवर्दन गर्ने उदेश्यले अघि बढेको बताए ।
प्रतियोगिमा आमन्त्रीतहरुलाई स्वागत गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतले सुकुटे संगै आम सिन्धुपाल्चोकको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रवर्धन गरि राज्यको आम्दानी बढाउन निजी क्षेत्रको नेतृत्व संघले गर्ने बताए ।
प्रतिायोगितामा आमन्त्रीत अतिथिहरुलाई दुवै संघले सम्झना स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्