२०८२ कार्तिक २

चोैतारा साँगाचोकगढी नगरपालिकामा पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा कार्यक्रम

चोैतारा, सिन्धुपाल्चोक –  असार ५ गते  बिहीबार चौतारा साँगाचोकगढी नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा   ‘पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल सन्देश बोकेको कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा प्रमुख अतिथि माधव सापकोटाबाट पानसमा दिप प्रज्वलन गरी गरिएको थियो।

कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटा, नगर उपप्रमुख, वडा अध्यक्षहरू, महिला स्वास्थ्य स्वयंसेवकहरू, स्वास्थ्यकर्मी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष अवसरमा नगरपालिकाका सबै वडाहरूलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र वितरण गरिएको थियो, साथै जिल्ला खोप समन्वय समिति सिन्धुपाल्चोकबाट चौतारा साँगाचोकगढी नगरपालिकालाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको थियो, जसले नगरपालिकाको खोप सेवा सम्बन्धी प्रतिबद्धता र सफलतालाई थप पुष्टि गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि माधव सापकोटाले स्वास्थ्य र सुरक्षित भविष्यका लागि खोपको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, पुर्ण खोप सुनिश्चितताको घोषण संगै यसलाई दिगो बनाउनको निमित्त सिङ्गो नगर एकताबद्ध भई अघि बढ्न शुभकामना दिएका छन्। साथै उनले सुशासनलाई जोड दिदै सुखी नेपाली समृद्ध नेपालको वातावरण बनाउदै सुशासन र सामाजिक न्यायका आधारमा समृद्धि र त्यसको आधारमा समाजवादमा पुग्न सकिने तर्क व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी किरण थापाले यस्ता कार्यक्रमले जिल्लामा स्वास्थ्य सुरक्षाको बलियो आधार बनाउने जनाउँदै, स्वस्थ्य सम्बन्धि हकहरू नैसर्गिक अधिकारको रूपमा उल्लेख रहेको र चौताराको पूर्णखोप सुनिश्चितताको दिगोपनको शुभकामना दिए।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठले पूर्णखोप सुनिश्चिततामा नगरपालिकाले देखाएको प्रतिबद्धता प्रशंसनीय भएको उल्लेख गर्दै, पूर्णखोप सुनिश्चितता घोषण संगै आएको चुनोैतीलाई अवसरको रूपमा विकास गरि अघि बढ्न शुभकामना दिएका छन्।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले खोपजस्ता निःशुल्क र प्रभावकारी सेवाको पहुँच सबैसम्म पुर्‍याउन स्थानीय तहको भूमिकालाई निर्णायक मान्दै, चौताराले देखाएको यो प्रतिबद्धता जिल्लाकै लागि उदाहरणीय भएको बताइन्। उनले जनस्वास्थ्यका कामहरूलाई अझ प्रभावकारी बनाउनका लागि सरकार, सेवा प्रदायक र समुदाय बीचको साझेदारी अझ बलियो बनाइनुपर्नेमा पनि जोड दिइन्।

नगरपालिकाले खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, दिगो स्वास्थ्य प्रणाली निर्माण गर्ने र सबै बालबालिकालाई नियमित र सुरक्षित खोप सेवा पु‍र्‍याउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइने कार्यक्रमका सभापति तथा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताए साथै उनले पूर्णखोप सुनिश्चितता घोषणका लागि स्वस्थ्य कर्मी, स्वस्थ्य संस्था तथा विभिन्न सरोकारवाला संघसंस्थाहरूको क्रियाशीलता तत्परता र सक्रियताको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाको जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धिको रूपमा हेर्न सकिन्छ। यस कार्यक्रमले खोप पहुँचमा समानता, स्थानीय तहको नेतृत्वदायी भूमिका, समुदायको सक्रिय सहभागिता र संस्थागत समन्वयको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। घोषण कार्यक्रमको अन्त्यमा उपस्थित सबै अतिथि तथा स्वस्थ्य कर्मीहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरि पूर्णखोप सुनिश्चितताको दिगोपनको लागि प्रतिबद्ध रहेको संकेत दिएका छन्। सबै वडामा पूर्णखोपको प्रमाणपत्र वितरण गर्दै स्वास्थ्य सुरक्षामा हासिल गरेको सफलताको उदाहरण प्रस्तुत गरेको यो कार्यक्रम अन्य पालिकाका लागि पनि प्रेरणादायी बन्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्