२०८२ असार ४
                           

सन्तुलित आहार, स्वास्थ्यको आधार, जनस्वास्थ्य कार्यक्रम सिन्धुपाल्चोक

उचित र पर्याप्त पोषणले शरीरको वृद्धि, रोग प्रतिरोधात्मक क्षमता, मानसिक विकास र दीर्घकालीन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ। स्वस्थ शरीर र दिमागका लागि सन्तुलित आहार अत्यन्त आवश्यक हुन्छ, विशेष गरी बालबालिका, गर्भवती र सुत्केरी महिलाहरूका लागि पोषिलो खानेकुराको बढी आवश्यकता पर्दछ। विकसको शारीरिक वृद्धि, मानसिक विकास तथा रोग प्रतिरोधी क्षमता बढाउन सन्तुलित आहारको विशेष महत्व रहन्छ।

सन्तुलित पोषणका लागि केही मुख्य सन्देशहरू छन्। जन्मपश्चात् पहिलो ६ महिनासम्म बच्चालाई आमाको दूधबाहेक केही पनि नदिनुहोस् र त्यसपछि आमाको दूधसँगै सफा, झोलिला र पोषिलो खाना दिनुपर्छ। दुई वर्ष मुनिका बालबालिकालाई हरेक ६–६ महिनामा माटोमा हुने जुकाका औषधिहरू खुवाउनुपर्छ। कुपोषणबाट बच्न बालबालिका, गर्भवती र सुत्केरी महिलाहरूको नियमित तौल तथा वृद्धि जाँच गरिनुपर्छ र उनीहरूको पोषण अवस्था निगरानीमा राखिनुपर्छ। किशोरी, गर्भवती र सुत्केरी महिलाहरूले स्वास्थ्यकर्मीको सल्लाहअनुसार आइरन–फोलिक ट्याब्लेट सेवन गर्नुपर्छ र दाल तथा अन्नमा आइरनको स्रोतका रुपमा आयोडिनयुक्त नुन प्रयोग गरिनुपर्छ।

सन्तुलित आहारका लागि हरेक भोजनमा अन्न, दाल, सागसब्जी, फलफूल र दूधजन्य पदार्थ समावेश गरिनुपर्छ। अत्यधिक नुन, चिनी र बोसोको प्रयोग गर्न हुँदैन। स्थानीय रूपमा उपलब्ध पोषिलो खाद्यवस्तुहरूलाई प्राथमिकता दिनुपर्छ, जस्तै: सिजन अनुसारको तरकारी, गेहुँ, मकै, सिमी, मासु आदि। सफा, सुरक्षित र प्रशस्त पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्छ। खाना पकाउँदा वा खाँदा सधैं साबुन पानीले मिची–मिची हात धोएर खाने बानी बसाल्नुपर्छ।

विशेष ध्यान दिनुपर्ने समूहहरूमा गर्भवती महिला, सुत्केरी आमा, ५ वर्षमुनिका बालबालिका, वृद्ध व्यक्ति, स्तनपान गराइरहेकी आमा र दीर्घरोग भएका व्यक्तिहरू पर्दछन्। पोषण भनेको केवल पेट भर्ने कुरा होइन, शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरू प्रदान गर्ने प्रक्रिया हो। त्यसैले, स्वस्थ जीवनका लागि आजैदेखि सन्तुलित र पोषणयुक्त आहार सुरु गरौं।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश

प्रतिक्रिया दिनुहोस्