सिन्धुपाल्चोक, — सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि चोैतारा स्याउले सडक खण्डमा राखिएको एक होडिङ्ग बोर्ड च्यात्तिएको अवस्थामा फेला परेको छ। बोर्डको माथिल्लो भाग पूर्णरूपमा च्यातिएको छ।
“मादकपदार्थ सेवन गरि सवारी साधन नचलाउ” भन्ने चेतनामूलक सन्देश रहेको होडिङ्ग बोर्ड , हाल अस्पष्ट भइसकेको छ। यस्तो चेतनामूलक बोर्ड स्थानीय जनताको सशक्त सहभागिता र संरक्षणका लागि राखिएको भए पनि, यही बोर्ड जनताबाटै क्षतिग्रस्त हुनु गम्भीर विडम्बना हो।
मादकपदार्थबाट हुने सवारी दुर्घटना नियन्त्रणजस्ता विषयमा जनचेतना फैलाउन यस्तो सूचना बोर्ड राखेका जानकारी ट्राफिक प्रहरीले दिएको छ। तर यस्ता प्रयास जनस्तरमै बेवास्ता हुनु चिन्ताको विषय रहेको छ।
स्थानीय सरकार, जिल्ला प्रहरी वा सरोकारवाला निकायले यस्ता चेतनामूलक संरचनाको सुरक्षा, पुनःस्थापना र जनसहभागिता सुनिश्चित गर्न थप पहल गर्नु आवश्यक देखिएको छ।
प्रतिक्रिया दिनुहोस्