२०८२ असार २
                           

समाजवादी माेडेलकाे बजेट निर्माण गर्न मेलम्ची नगरपालिकालाइ माओवादीकाे ध्यानाकर्षण 

सिन्धुपाल्चोक –  समाजवादी माेडेलकाे  नीति तथा कार्यक्रमकाे माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मेलम्ची नगर समितिले  मेलम्ची नगरपालिकालाई १० बुदे ध्यानाकर्षण पत्र बुझाएकाे छ ।

 आर्थिक बर्ष २०८२/८३ काेलागि  मेलम्ची नगरपालिकाले ल्याउनि बजेटले समाजवादी योजना तथा कार्यक्रमलाई समेटेकाे हुनुपर्ने माग सहित १० बुदे  साझा सवालहरू उठाउदैमाओवादी केन्द्र मेलम्ची  नगर अध्यक्ष सी.पी. दुलाल ‘महेश’ को नेतृत्वमा आइतबार उक्त ज्ञापन पत्र मेलम्ची नगर प्रमुख आइतमान तामाङलाई पेश गरेको छ ।

उक्त ज्ञापन पत्रमा नगर भित्रका खेतियाेग्य जमिनका  सिंचाइकाेलागि पर्याप्त पर्यापत बजेट छुट्याइनुपर्ने , एक वडा एक खेल मैदानकाे व्यवस्था गरिनुपर्ने, नगरभित्र तरकारी विउविजन भण्डारण स्थल ( काेल्ड स्टाेर ) काे लागि बजेट व्यबस्था गरिनुपर्ने । ३ देखि ५ बर्षे आबधिक प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रधानाध्यापककाे न्युक्ति गरिनुपर्ने , काठेपाेल मुक्ति नगरपालिका बनाइनुपर्ने , नगर सडक गुरुयाेजना तयार पारीनुपर्ने , नगरभित्रका स्वास्थ्यचाैकीमा आवस्यक औषधी र उपकरणको व्यबस्था हुनुपर्ने , पर्यटन सुचनाकेन्द्र स्थापना गरिनेपर्ने  लगाएतकाे माग राखिएकाे छ ।

ज्ञापन पत्र बुझ्दै मेलम्ची नगर प्रमुख आइतमान तामाङले सार्वजनिक महत्वकाे विषय उठान गरेकाले महत्वपुर्ण मागहरुलाइ

 समेटेर अगाडि बड्ने बताए । नगरकाे सर्वाङ्गिण विकासकाेलागि सबैपज्ञ हातेमालाे गरेर अगाडि बड्नुपर्ने प्रमुख तामाङकाे भनाई थियाे ।

 सिन्धुपाल्चोकको १२ स्थानियतह मध्ये नेपाली काँग्रेसले ५ , माओवादीले ४ र एमालेले ३ स्थानियतहकाे नेतृत्व गरिरहेकाछन् । तर समाजवादी माेडेल कस्ताे हुन्छ  माओवादीले नेतृत्व गरिरहेकाे स्थानियतह हरुमा पनि तेस्ताे कुनै ठाेस कार्यक्रम देखिदैन ।

प्रतिक्रिया दिनुहोस्