२०८२ असार २
                           

प्रतिनिधिसभा बैठक स्थगित

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेका विपक्षी दलहरूको कारण प्रतिनिधिसभाको बैठक फेरि स्थगित गरिएको छ।

सभामुख देवराज घिमिरेले सूचना टाँस गर्दै बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो। तर, विपक्षी सांसदहरूले नाराबाजी र अवरोध गरेपछि संसद् सञ्चालन सम्भव भएन।

विपक्षीहरू गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामाको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन र सरकारको जवाफदेहिताको माग समेत गरिरहेका छन्।

सत्ता पक्ष र विपक्षी दलबीच निरन्तर संवाद जारी रहे पनि संसद् सञ्चालनबारे सहमति बन्न सकेको छैन। गत केही सत्रदेखि संसद् बैठक अवरुद्ध हुँदै आएको छ।यदि सहमति नजुटे आगामी बैठकहरू पनि प्रभावित हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्