२०८२ श्रावण १६

रेष्टद्वारा शैक्षिक सामग्री वितरण, ३२ जना बालिकालाई लाभ

चौतारा, सिन्धुपाल्चोक – ग्रामीण स्वस्थ्य र शिक्षा सेवा गुठी (RHEST) संस्थाले यस शैक्षिक सत्रको पहिलो चरणमा शैक्षिक सामग्री वितरण गरेको छ। २०५७ सालदेखि सक्रिय रूपमा काम गर्दै आएको यस संस्थाले विद्यालयमा अध्ययनरत जोखिममा परेका बालिकालाई लक्षित गरी पोसाक, शैक्षिक सामग्री लगायत आवश्यक सहयोग प्रदान गर्दै आएको छ।

नगरपालिकामा शैक्षिक सत्रको पहिलो सामग्री वितरण कार्यक्रममा  बनदेवी माध्यमिक विद्यालयका ३२ जना बालिकालाई सामग्री वितरण गरेको छ। लाभान्वित विद्यार्थीहरूले हर्ष व्यक्त गर्दै प्राप्त सामग्रीहरू वर्षभरिका लागि पर्याप्त भएको प्रतिक्रिया दिएका छन्। रेष्टले प्रत्येक वर्ष नियमित रूपमा यस्तो सहयोग गर्दै आएको छ।

संस्थाकी सह कार्यकारी निर्देशक श्रद्दा थापाका अनुसार, बालिका बेचबिखनको समस्या चरम अवस्थामा पुगेको समय देखि रेष्ट क्रियाशील रहदै आएको बताउदै त्यसयता, विद्यालयसँग समन्वय गर्दै जोखिमको आधारमा बालिकाहरूको छनोट गरी शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको बताए। उनले अमेरिकन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा संस्थाले सक्रिय रूपमा अभियान सञ्चालन गर्दै आएको कुरा बताइन्।

शैक्षिक सामग्री वितरण कार्यक्रममा उपस्थित चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले दीगो रूपमा बालिका लाई निरन्तर सहयोग गर्दै आएको यो संस्थाको कामहरू प्रशंसायोग्य रहेको बताउदै  प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउने प्रयास गर्ने वातावरण सिर्जना गर्न कार्यरत सबैको काम प्रति धन्यवाद  व्यक्त गरे साथै उनले विद्यार्थीहरूलाई सानो सहयोगलाई पनि प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह समेत गरे।

कार्यक्रममा विद्यार्थीहरू, अभिभावक जनप्रतिनिधि  शिक्षकहरूको उल्लेख्य उपस्थित रहेको थियो। यस्तो कार्यक्रमहरूले बालिकाहरूलाई निरन्तर शैक्षिक क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा संस्थाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्