२०८१ श्रावण १२
                           

नेपाल बार सिन्धुपाल्चोक अध्यक्षमा पुन थिङ निर्वाचित

असोज २८ — नेपाल बार एशोसिएसन जिल्ला इकाइ सिन्धुपाल्चोकको अध्यक्षमा पुन भुपेन्द्र थिङ निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न १७ आफै अधिवेशनबाट उपाध्यक्षमा यज्ञ प्रसाद दंगाल, सचिवमा शसीनाथ आचार्य र कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा दिपक प्रधान, मधुकर मल्ल , सविन घिमिरे , सुरज नेपाल र विष्णु प्रसाद धिताल चयन हुनुभएको छ ।

यस्तै पार्षद सदस्यमा हरी वहादुर कार्की, झम्क लाल श्रेष्ठ चयन हुनुभयो । लक्ष्मी नानी थापाको संयोजकत्वमा सुनिता तामाङ र रिना तामाङ सदस्य रहने गरी जिल्ला बार महिला समिति समेत गठन भएको छ । पुन अध्यक्षमा निर्वाचित अध्यक्ष थिङले न्याय कुन्ठित भएका पक्षहरुमा अदालतसँग सहकार्य गरेर अगाडि बढने बताउनुभयो । आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा चन्द्र बहादुर बस्नेतले समेत अध्यक्षमा दावि गर्दै उम्मेदवारी दिएपछि पछि सहमतिमा फिर्ता लएपछि सर्व सहमत नेतृत्व चयन भएको हो । नेपाल बार एशोसिएसन जिल्ला इकाइ सिन्धुपाल्चोकमा २२ जनाले सदस्यता लिएका छन् ।

नवनिर्वाचित समितिलाई बधाई दिँदै जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीश विदुर कोइरालाले बार र अदालतको सम्बन्ध सुमधुर रहने बताउनुभयो । कार्यक्रमको उद्घाटन समारोहमा शुभकामना गन्तब्य दिदै वक्ताहरुले बार स्वतन्त्र संस्था रहेकाले यो भित्र राजनीति हुँदैन भन्ने यसले गरेका कार्यहरूले पुष्टि गर्नुपर्ने बताएका थिए । ३२ औ वार्षिक साधारण सभाको अवसरमा बार सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष रोहिणी राज जोशीलाई सम्मान समेत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्