२०८२ जेष्ठ १९
                           

आज विश्व धूमपानरहित दिवस

आज विश्व धूमपानरहित दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा देशको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धूमपान गर्ने गरेको पाइएको छ ।

त्यस्तै नेपालमा हरेक वर्ष ३८ हजार जनाको सुर्तीजन्य पदार्थ तथा धूमपानका कारणले ज्यान जाने गरेको छ ।

चुरोट, बिँडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खालगायतमा हुने निकोटिन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट, हरेक वर्ष एक महिना र ५० वर्षमा चार वर्ष घटाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्