गएको वैशाख महिनामा दुई सय ४५ जनाले गाडी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एक सय ८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् ।
यसैगरी दुर्घटनामा परेर सात सय १९ जना गम्भीर घाइते भएका छन् । वैशाखमा चार हजार पाँच सय ६५ गाडी दुर्घटनामा परेका छन । तीन हजार ४९ ठाउँमा भएको दुर्घटनामा चार हजार पाँच ६५ गाडी संलग्न रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटना हुने सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । वैशाखमा भएका कुल दुर्घटनामध्येमा दुई हजार पाँच सय ६६ मोटरसाइकल दुर्घटनामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्