२०८२ जेष्ठ १६
                           

स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालासँग समन्वयात्मक अन्तरक्रिया सम्पन्न

चौतारा, सिन्धुपाल्चोक । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्वास्थ्य क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्था, निजी तथा सरकारी अस्पताल, सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले संस्थागत प्रतिनिधित्व गर्दै हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए। साथै, आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह तथा सहकार्यका लागि भावी योजना र कार्यदिशा समेत साझा गरिएको थियो।

उक्त अन्तरक्रियाको उद्देश्य जिल्लाभित्र स्वास्थ्य सेवा प्रवाहमा समन्वय, पारदर्शिता र साझा उत्तरदायित्व सुनिश्चित गर्नु रहेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाइले जानकारी दिएका छन्। कार्यक्रममा स्वास्थ्य सेवा प्रवाहमा संलग्न विभिन्न तहका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

जनस्वास्थ्य कार्यालयले यस्ता समन्वयात्मक अन्तरक्रिया आगामी दिनमा अझ नियमितरूपमा आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्