२०८२ जेष्ठ १६
                           

गणतन्त्र दिवसको अवसरमा रक्त समूह परीक्षण कार्यक्रम

चौतारा — गणतन्त्र दिवस २०८२ को अवसरमा चौतारामा एकदिने रक्त समूह परीक्षण कार्यक्रम आयोजना गरिने भएको छ। यहि जेष्ठ १५ गते टुडिखेलफल्चा, चौतारामा हुने उक्त कार्यक्रम बिहान ९:०० बजेबाट दिउँसो १:०० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको आयोजना चौतारा रक्त सञ्चार सेवा केन्द्र, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक, ब्लड डोनर्स एसोसिएसन (ब्लोडान) सिन्धुपाल्चोक, चौतारा अस्पताल, र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको संयुक्त पहलमा गरिएको हो।

रक्त समूहको जानकारी विभिन्न रोग उपचार, शल्यक्रिया, दुर्घटना, सुत्केरी अवस्था लगायत विभिन्न अवस्थामा अत्यन्तै महत्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई समयमै परीक्षण गरी आफ्नो रक्त समूह जान्न आयोजकहरूले आग्रह गरेका छन्।

साथै, कार्यक्रममा सहभागी भई स्वेच्छिक रक्तदानको भावना विकास गर्न र समाजमा जनचेतना फैलाउन सबैलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्