२०८२ असार २
                           

नेपालले ९ औँ एसिया गोजुरियो कराते प्रतियोगितामा तीन स्वर्ण पदक जित्न सफल

नेपालले ९ औँ एसिया गोजुरियो कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण पदक जित्न सफल भएको छ। यो प्रतियोगिता २०२५ मे २४ र २५ मा श्रीलंकाको कोलम्बो मा सम्पन्न भएको थियो। नेपाली खेलाडीहरूले आफ्नो प्रतिभा देखाउँदै विभिन्न विधामा स्वर्ण पदक हात पारेका छन्।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ज्यामिरे की करिना पुरीले सिनियर कुमुते ५५ केजी तौल समूहमा उत्कृष्ट खेल प्रदर्शन गर्दै स्वर्ण पदक जितिन्। त्यस्तै मनिषा रानाभाटले ६१ केजीभन्दा माथिको तौल समूहरमा प्रतिस्पर्धा गर्दै नेपाललाई दोस्रो स्वर्ण दिलाइन्। एरिक महर्जनले सिनियर व्यक्तिगत काता विधामा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै तेस्रो स्वर्ण पदक जित्न सफल भए।

यस प्रतियोगितासँगै करिना पुरीले रेफ्रीको परीक्षासमेत उत्तीर्ण गरेकी छन्। उनले मनिषा रानाभाट, तिलु राना, सन्दीप थापा, र मान बहादुर भर्ताल सहित यो परीक्षा पास गर्न सफल भए। यो उपलब्धिले नेपाली कराते खेलको स्तर अन्तर्राष्ट्रियस्तरमा अझै उचाइमा पुर्‍याएको छ।

नेपालका खेलाडीहरूले यो प्रतियोगितामा बलियो उपस्थिति जनाउँदै उत्कृष्ट प्रदर्शन गरेका छन्। उनीहरूको सफलताले नेपाली कराते खेलको भविष्यलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्