२०८२ श्रावण १६

कैलाली भन्सार अधिकृतमाथि कुटपिट, दोषीलाई कडा कारवाहीको माग

कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त प्रसाद तिमल्सिनामाथि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मण सिं धामी नेतृत्वको टोलीले गालीगलौज गर्दै ज्यान मार्ने धम्की सहित कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

यो घटना जेष्ठ १० गते, शनिवार राति १० बजे भन्सार यार्ड कार्यालयको कार्यक्षेत्रभित्र भएको हो। घटनाले राष्ट्रसेवक कर्मचारीको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।

तातोपानी भन्सार कार्यालयले घटनाको कडा विरोध गर्दै केही घण्टा काम ठप्प पार्ने निर्णय गरेको छ। साथै, दोषीलाई कडा कानुनी कारवाही गर्न माग गरिएको छ। आवश्यकताका आधारमा थप विरोध कार्यक्रमको निर्णय गरिने बताइएको छ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मेघराज भट्टराई ले घटनाको निन्दा गर्दै राष्ट्रसेवक कर्मचारीको सुरक्षाका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।

यसको समर्थन गर्दै निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकले पनि विज्ञप्ति प्रकाशन गरेको छ।

प्रतिक्रिया दिनुहोस्