२०८२ जेष्ठ १९
                           

अपाङ्गता भएका ब्यक्ति र परिवारहरूका लागि अचार बनाउने तालिम

चौतारा — अपाङ्गता भएका ब्यक्ति र उनिहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन चौतारामा अचार बनाउने तालिम प्रदान गरिएको छ ।बौद्धिक अपाङ्गता अभिभावक संघ सिन्धुपाल्चोकको आयोजना र सामाजिक विकास कार्यालय धुलिखेलको सहयोगमा २० दिन सम्म तालिम सञ्चालन गरिएको हो ।


सधैं घरभित्र सीमित भएर अपाङ्गता भएका सन्तानको हेरचाह गर्ने अभिभावक र संरक्षकका लागि यो तालिम पहिलो व्यावसायिक अनुभव हो । धेरैजनाले पहिलोपटक आफ्नै हातले बनाएको उत्पादन अरूलाई देखाउने र बेच्ने सपना देख्न थालेका छन् ।

तालिममा २० जना सहभागीले १८ प्रकारका अचार बनाउन सिकेका छन् ।
जसले उनीहरूलाई स्वरोजगारतर्फ अग्रसर गराउने विश्वास रहेको बौद्धिक अपाङ्गता अभिभावक संघ सिन्धुपाल्चोककी अध्यक्ष जानकी श्रेष्ठले बताउनुभयो ।


सहभागीहरूलाई अचार बनाउने परम्परागत विधि मात्र होइन, यसको पोषण, बजारिकरण र प्याकेजिङसम्बन्धी आधारभूत ज्ञानसमेत प्रदान गरिएको प्रशिक्षक सावित्री दंगालले बताउनुभयो ।

सामाजिक विकास कार्यालय, धुलिखेलका प्रतिनिधिहरूले यस्तो तालिमले दीर्घकालीन रुपमा समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

उनीहरूका अनुसार भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका हुन् ।


तालिम पश्चात सहभागीहरूले उत्पादन गरेका अचारहरूलाई स्थानीय बजारमा पु¥याउने योजना बनाइएको छ।

सस्थाले बजार पहुँचका लागि सहजीकरण गर्ने, कोशेली घर स्थापना गर्ने र सामूहिक ब्राण्डमार्फत उत्पादन प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ।

अचार बनाउने तालिम सकिएको दिन सहभागीहरूले बनाएका अचारहरू प्रदर्शन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्