२०८२ असार १७
                           

हाप्राका आगलागी पीडितलाई बनकाली युवा समाजले गरे ५ लाख बढी सहयोग रकम हस्तान्तरण

हाप्राका आगलागी पीडित परिवारका लागी युवा ब्यवसायी अष्टराम श्रेष्ठको नेतृत्वमा बनकाली युवा समाजले सहयोग रकम संकलन गरेर बुझाएकोे छ ।

गत बैशाख ३ गते जुगल गाउँपालिका ६ स्थित हाप्रामा सन्चकुमारी श्रेष्ठ ,प्रेम श्रेस्ठ , मिलन श्रेस्ठ र चेतकुमार श्रेस्ठ को गरी चार घरमा आगलागी भइ क्षती भएको थियो ।

बिहिबार पीडित परिवारलाई बनकाली युवा समाजले प्रतिपरिवारलाई १ लाख २५ हजारका दरले सहयोगबाट उठेको रकम हस्तान्तरण गरिएको हो ।

ब्यवसायी तथा बनकाली युवा समाजका सल्लाहकार अष्टराम श्रेष्ठको नेतृत्वमा सहयोग अभियान अन्तरगत संस्थागत र ब्यक्तिगत गरी जम्मा रु ५ लाख १५ हजार रुपैयाँ संकलन भएको थियो ।

सहयोग बाट उठेको सबै रकम एकमुस्टमा पीडित परिवारलाइ हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्