बागमती प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री युवराज दुलालले सामाजिक र आर्थिक विकासका लागि सहकारीसँग समन्वयको आबश्यकता रहेकाे बताए ।
मेलम्ची नगरपालिका वडा नं. ११ स्थित जरायाेटार साना किसान कृषि सहकारी संस्थाकाे भवन शिलान्यास गर्दै दुलालले विकासकाे प्राथमिकता दिंदा नागरिकले प्रत्यक्ष लाभ पाउने ठाउँ हेर्नुपर्ने बताए ।
कार्यक्रममा मेलम्ची नगर प्रमुख आइतमान तामाङले सहकारीको माध्यमबाट नगरलाई आर्थिक समृद्धिकाे दिशामा अघि बढाउनु पर्ने बताए । उनले भवन निर्माण पछि सहकारीलाई सर्वसाधारणको सेवा प्रवाहमा सहज हुने बताए ।
प्रदेश सरकारसँग मेलम्ची नगरपालिकाले साझेदारी गरेर ५५ लाख रुपैया बजेटमा भवन निर्माण हुन लागेकाे वडाअध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।
कार्यक्रम सहकारी अध्यक्ष शिवप्रसाद भट्टराईको सभापतित्वमा भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्