२०८२ कार्तिक २

पत्रकारितामा एआईको प्रयोग विषयको कार्यशाला सम्पन्न

सिन्धुपाल्चोक – नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले “पत्रकारितामा एआईको प्रयोग: सम्भावना र चुनौती” विषयक कार्यशाला सम्पन्न गरेको छ।

कार्यक्रममा सञ्चार विज्ञ तथा ओटव विश्वविद्यालय क्यानडाका संचार विभागका डा. भानुभक्त आचार्यले मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए। उनले पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको प्रयोगले ल्याउने अवसर र सम्भावित चुनौतीबारे विस्तृतमा जानकारी गराएका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको समेत उपस्थित रहेको थियो। उनले पत्रकारितालाई नागरिक अगुवाको संस्थाको रूपमा परिभाषित गर्दै महासंघ पेसागत सुरक्षा र सदस्यता पारदर्शी बनाउने काममा अघि बढेको कुरा जानकारी गराए।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले प्रविधिको विकाससँगै पत्रकारहरूलाई नयाँ सीप र ज्ञानमा अभ्यस्त गराउने उद्देश्यले यस्तो कार्यशालाको आयोजना गरेको हो।कार्यशालामा सिन्धुपाल्चोकका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्