२०८२ भाद्र १२

कक्षा १२ को परिक्षामा सिन्धुपाल्चोकको २ हजार ४ सय ३६ जना सहभागी हुदै

चाैतारा । राष्ट्रिय परीक्षा बाेर्डले सञ्चालन गर्ने कक्षा १२ काे परीक्षा सुरु भएकाे छ । बाेर्डले लिएको परिक्षामा सिन्धुपाल्चोक जिल्लाबाट २ हजार ४ सय ३६ जना परिक्षार्थी रहेका छन् ।

नियमित तर्फ २ हजार १ सय १८ र आंशिक तर्फ २ हजार ३ सय १८ गरि जम्मा २ हजार ४ सय ३६ जना बिद्यार्थीहरुले परीक्षा दिने शिक्षा बिकास तथा समन्वय इकाईका सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदीले बताए ।

जसमा सिन्धुपाल्चोकका ११ वटा परीक्षा केन्द्र मध्ये ज्ञानमन्दिर नमुना माध्यमिक बिद्यालय मेलचाैरमा १ सय ४४ जना परिक्षार्थी सहभागी रहेकाे केन्द्राध्यक्ष पुण्यप्रसाद गजुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्