सम्बादाता/सुकुटे
नेकपा (माओवादी केन्द्र) पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको जिल्ला अध्यक्षमा शंकरप्रसाद पराजुली निर्वाचित भएका छन् ।
संगठनको आज सम्पन्न पाचौं जिल्ला सम्मेलनबाट पराजुलीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
यस्तै, समितिको उपाध्यक्षमा युवराज खरेल, रामशरण बुढाथोकी र सीता गिरी, सचिवमा रमेस्ग गौतम, सह सचिवमा अनिष तामाङ, रेशम तामाङ र बिरेन्द्रराज गिरी, कोषाध्यक्षमा राजेन्द्रप्रसाद आचार्य निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा हिरामाया गिरी, रामप्रसाद पौडेल, नवीन वि.क., साङ्गे दोङ तामाङ, कृष्णबहादुर बिष्ट, राजेन्द्रप्रसाद चौलागाईं, शिला सुनुवार लगायत रहेका छन् ।
सम्मेलन आयोजक समितिका अध्यक्ष गोपाल खड्काको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनबाट ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा नन्दलाल नेपाल रहेका छन् भने सदस्यहरुमा लालबहादुर रावत, सुशीलबहादुर माझी, ऋषि सापकोटा, दण्डपाणि चालिसे र दलबहादुर खड्का रहेका छन् ।
कार्यक्रममा जिल्लाका १२ वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्