२०८२ बैशाख १८
                           

मानेश्वाराको माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएका छन् । ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किँदा यसमा सवार १२ स्थानीय यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । बाँकी घाइतेको बाह्रबिसे बजारस्थित बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालक प्रहरीले नियन्त्रणका रहेको ईप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले बताए । घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ ।

सोमबार बिहान दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्धार सम्भव भएको स्थानीयले बताएका छन् । ब्रेक फेल भएका कारण दुर्घटना भएको घाइतेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्