२०८२ बैशाख १८
                           

काठमाडौँको तिनकुनेमा हिंसात्मक प्रदर्शनमा संलग्न दुर्गा प्रसाईं पक्राउ

चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाईं र  उनको अंगरक्षक दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार दुर्गा प्रसाईंलाई आज चैत २९ गते झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि काठमाडौं ल्याइँदै छ।

प्रतिक्रिया दिनुहोस्