२०८२ बैशाख १६
                           

भोटेकोशीमा आजदेखि सिपमुलक तालिम संचालन

सशस्त्र प्रहरी बल १६ नम्बर गण हेडक्वाटर सिन्धुपाल्चोकले उत्तरी तातोपानी नाका भोटेकोशीमा आजदेखि सिपमुलक तालिम संचालन गरेको छ ।

भोटेकोशी गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थानीय बासिन्दाहरुलाई समावेश गरी सीमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम अर्न्तगत गारो लगाउने सिपमुलक तालिमको सुरुवात गरीएको गणपति अच्युत कुमार मजगैयाँ ले जानकारी दिनुभयो ।

तालिमले स्थानीयको क्षमता अभिवृद्धि र जिविकोपार्जनमा टेवा पुग्ने उहाँको बिश्वास छ । ३ दिन सम्म संचालन हुने तालिममा २० स्थानीयहरु सहभागि छन् ।

कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष कुमार श्रेष्ठ, ३ का वडाअध्यक्ष निमा सोना शेर्पा लगायत स्थानीय जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुख तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्