२०८२ असार ३
                           

रिलायबल लाइफद्वारा जुगल गाउँपालिकालाइ मृत्यु दाबि भुक्तानि

 

जुगल गाउँपालिकाले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड चौतारा शाखा सङ गरिएको सम्झौता अनुसार मृत्यु दाबि भुक्तानि दिएको छ ।

स्थानीय सामाजिक सुरक्षा योजना व्यवस्थापनको अधिनमा रहि गाउँपालिकाले तयार गरेको जुगल गाउँपालिका जीवन बिमा कार्यविधि २०७९, बमोजिम जुगल गाउँपालिका क्षेत्र भित्र स्थायी बसोवास गरि बस्ने जनआन्दोलनका घाईते, शहिद परिवार, अतिविपन्न परिवार र विपन्न परिवारहरूका साथै आर्थिक अवस्थाका कारण स्वास्थ्य उपचार गराउनबाट बञ्चित भएका परिवारलाई सहजता प्रदान गर्ने उद्देश्यले परिवारका १ जना सदस्यको १० वर्षे जीवन विमा कार्यक्रममा सहभागी विमित रेटिमाई दोङको मृत्यु भएको हुदा निजले प्राप्त गर्ने विमा दावि भुक्तानी वापतको रकम रु १,०३, २०८( एक लाख तिन हजार दुई सय आठ रुपैया ) रेटिमाई दोङको छोरा दिनेश गोलेलाई हस्तान्तरण गरिएको गाउपालिका अध्यक्ष रेशम श्याङ्बोले जानकारि दिए ।

गाउपालिका भरिका ४३ जनाको एक लाखको जिबन बिमा गाउपालिकाले नै किस्ता हालिदिएर गरेको र एक जना बिमित रेटिमाइ दोङको बिमा गरेको एक बर्ष नपुग्दै कालगतिले मृत्यु भए बापत भुक्तानि दिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड चौतारा शाखाका शखा प्रबन्धक लक्ष्मण बिष्टले बए।

प्रतिक्रिया दिनुहोस्