२०८२ असार ३
                           

स्ववियु चुनाव -जलबिरे र मेलम्ची भ्यालीमा अखिल क्रान्तिकारीको जित

सिन्धुपाल्चोक – जलबिरे भ्याली क्याम्पसमा अनेरास्ववियु र नेविसंघ गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलनै विजयी भएको छ ।क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका अशोक ढुंगाना निर्वाचित भएका छन् ।निर्वाचन मंगलबार सम्पन्न भएको थियो ।

मेलम्ची भ्याली क्याम्पसमा सत्ता गठबन्धन नेविसंघ र अनेरास्ववियुको साझा उमेदवारलाई पराजित गर्दै स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।क्रान्तिकारीका सभापतिका उम्मेदवार राजन गिरीले ७३ मत ल्याएर विजय भएका हुन् । उनका प्रतिद्वन्दी गठबन्धन नेविसंघका रोशन गिरीले ४० मत मात्रै ल्याएका छन् ।

हिजो भएको निर्वाचनमा अरनिको कलेज बाह्रबिसेमा भने गठबन्धनको तर्फबाट नेविसंघका तुसार श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् ।

यता सदरमुकाम स्थित चौतारा बहुमुखी क्याम्पसमा भने अखिल क्रान्तिकारीले फर्जी मतदाता ल्याएको भन्दै विवाद भएपछि २ सय ७१ मत खसेको अवस्थामा स्थगित भयो । मतपेटिका शिल गरेर प्रहरी कार्यालयमा राखिएको छ । बाँकी मतदान गर्ने वा मतगणना भन्नेबारे कुनै निर्णय भएको छैन ।

हिजो विवादका बिच नेविसंघ र अनेरास्ववियुका सत्तागठबन्धन पक्षले मतपेटिकामा आक्रामण गरेका थिए । त्यसपछि प्रहरीले गठबन्धनका सभापतिका उमेदवार शुसिल तामाङ ,सचिवका उमेदवार चिनलाल तामाङ र प्रमिला विकलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै नक्कली मतदातालाई समेत नियन्त्रणमा लिएको थियो ।

यसअघि ८ क्याम्पसमा भने स्ववियु निर्विरोध चयन
जिल्लाका १२ सामुदायिक क्याम्पस मध्ये आठ क्याम्पसमा निर्वीरोध रुपमा स्ववियु पदाधिकारी छनोट भइसकेका छन् । सुनकोशी क्याम्पस,ककलिङ ,ठोकर्पा,जुगल,मेलम्ची भ्याली,इन्द्रावती,सिन्धुभ्याली र अभयान्द क्याम्पसमा सर्वसम्मत नेतृत्व छनोट भएको क्याम्पसहरुले जानकारी दिएका छन् ।
निर्वीरोध भएका आठ मध्ये नेविसघ ले ककलिङ र क्रान्तिकारीले जुगल क्याम्पसमा अध्यक्ष पाएका छन् भने अन्य क्याम्पसको अध्यक्षमा अनेरास्ववियुले सभापति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्