प्रादेशिक अस्पताल चौतारा अस्पतालले आपतकालीन अवस्थाको ब्यवस्थापन Drill अभ्यास सम्बन्धि अभिमुखिकरण गरेको छ । सोमबार अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत जिल्लाका सरोकारवालाहरु बीच अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा बिपदका बेला यस अस्पताल कसरी सञ्चालन हुन्छ भन्नेबारे जानकारी दिइएको थियो । साथै ५० बेड क्षमता रहेको यस अस्पतालले विपदका बेला आपत्कालिन अवस्थामा काम गर्न विभिन्न कमिटिहरु हुने र त्यसले काम गर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले अपातकालिन समयमा स्वास्थ्यकर्मीले संयमता अपनाएर विरामीको सेवामा जुट्नु पर्नेे बताए । अभ्यासले धेरै कुराहरु सिकाई हुने बताउदै साँचिकै विपदका बेला काम गर्न चुनौती हुने उनको भनाई थियो ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्धमणि भण्डारीले अस्पतालका सबै कर्मचारीले आपतकालीन अवस्थाको ब्यवस्थापन जिम्मेवारी बुझेर काम गर्ने अपेक्षा ब्यक्त गरे ।
अस्पतालले पूर्व तयारी, अस्पताल प्रवेश गरे देखि विरामीको अस्वस्था अनुसार कुन जोनमा राखेर उचार गर्ने, विरामी कुरुवा, सुचना तथा सञ्चारका लागि पुलिस रुम लगायत ब्यवस्था रहेको बताएको छ ।
इन्सिडेन्ट् कमाण्डर, अप्रेशन अफिसर , लजिष्टक अफिसर , योजना अधिकारी लयायतका कमिटिले तोकिए बमोजिमका विभिन्न काम गर्ने कार्यक्रममा जानकारी दिइएको थियो । साथै विपद भइहालेमा सो अस्पतालका कार्यरत कर्मचारी , चिकित्सकले कसरी काम गर्ने भन्ने बारे जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्