पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप १० हजार एक सय १४ जनामा लगाईएको छ । माघ २२ गतेबाट सुरु भएको खोप कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
खोप अभियानको नवौँ दिनमा जिल्लाका सबै लक्षित किशोरीहरुमा सेवा प्रदान गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारि दिनुभयो । खोप अभियानको पहिलो दिन चार हजार सात सय ३७ र अन्तिम दिन चार जनाले खोप लगाएका हुन् ।
जिल्लाभर दुई सय ३ वटा खोप केन्द्रबाट सेवा प्रवाह गरिएको खोप सेवामा दोस्रो दिन तीन हजार एक सय ७२, तेस्रो दिन एक हजार चार सय ९९, चौथो दिन चार सय ६७, पाँचौ र सातौ दिन ४५, छैटौँ दिन ४४ र आठौँ दिन एक सय एक जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककले जानकारि दिएको छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको अनुसार कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीहरुलाई खोप कार्यक्रममा सहभागी गराईएको हो । विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुले खोप सेवा प्राप्त गरेका छन् ।
भविष्यमा हुनसक्ने पाठेघरको क्यान्सरको जोखिम न्यूनिकरणका लागि खोप अभियानकै रुपमा संचालन भई उत्साहजनक रुपमा संचालन भएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख बजगाईले जानकारि दिनुभयो । सिन्धुपाल्चोकमा माघ २२ बाट खोप सुरु भई माघ ३० गते सम्म संचालन भएको हो ।
कतिपय स्थानीय तहले भने माघ २९ अगावै खोप तालिका निर्माण गरि सम्पन्न गरेका छन् । खोप सेवा संचालनको लागि जिल्लाका सबै स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु खेप केन्द्रमा परिचालित भएको कार्यालयले जानकारि दिएको छ । खोप पूर्ण सुरक्षित रहेकोले सबै लक्षित बर्गलाई विश्वस्त भई सेवा लिन जनस्वास्थय कार्यालय, स्थानीय जनप
प्रतिक्रिया दिनुहोस्