२०८२ असार २
                           

हाजीरीजवाफ प्रतियोगीतामा कृष्ण रत्न गंगा मावि चौतारा पहिलो

कुसुम थामी-  लायनस क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटिको आयोजना भएको अन्तर माध्यमिक स्तरीय हाजीरी जवाफ प्रतियोगीता कृष्ण रत्न गंगा माबि चौतारा प्रथम भएको छ ।

जुगल बोर्डिङ्ग हाइस्कुल चौतारामा भएको प्रतियोगीतामा सिद्धिगणेश माबि, दोस्रो, सेतिदेबी माबि स्याउले तेस्रो र इर्खु माविले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

चौतारा साँगाचोकगढी नगरपालिका भरका माध्यमिक बिद्यालयमा ११ र १२ कक्षामा बिद्यार्थीहरुले सहभागिता जनाएको लायन्सले जनाएको छ ।

जिल्लाको सदरमुकाममा रहेको जुगल बोर्डिङ्ग हाईस्कुलमा उक्त प्रतियोगिता सञ्चालन भएको लायन्सका अध्यक्ष भगवान खड्काले बताए । प्रतियोगीतामा बिद्यालयबाट १ जना छात्रासहित ३ जनाको सहभागिता रहेको थियो ।

 

प्रतियोगीतामा प्रथम हुनेलाई ६ हजार, दोस्रो हुनलाई ४ हजार ५ सय , तेस्रो हुनेलाई ३ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १ हजार ५ सय नगद पुरस्कारको साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । उक्र पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरापालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले गरेका थिए ।

प्रतियोगीता सञ्चालनमा शाक्यन इन्टरनेशनल प्रा.लि. पुतलीसडक, काठमाण्डौले आर्थिक सहयोग उपलब्ध गराएको प्रा.लि.का सञ्चालक सन्तोष सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्