२०८२ बैशाख २०
                           

पत्रकार सुदर्शन आचार्य सम्मानित

वरिष्ठ पत्रकार सुदर्शन आचार्य सम्मानित भएका छन् । लेखक तथा राजनीतिक विष्लेषक सिन्धुपाल्चोक भाेटसिपाका आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासनको पक्षमा कलम चलाएको भन्दै सम्मान गरेको हो ।

आचार्य नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष हुन् । नेपाल प्रेस युनियनमा आवद्ध उनलाई सिन्धुपाल्चोकवासीले अग्रज तथा अभिभावक पत्रकारका रूपमा लिने गरेका छन् ।
उनीसहित चार जनालाई पुरस्कृत गरिएको छ ।

आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा स्तम्भकार तथा लेखक सुदर्शन आचार्यलाई भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा लेखमार्फत योगदान पुर्‍याएकोमा पुरस्कार प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्