२०८२ बैशाख १९
                           

महिला एशिया कप क्रिकेटमा नेपालको विजयी शुरुआत

१ पुष – १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराउँदै विजयी शुरुआत गरेको छ ।नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् ।

यसअघि मलेसियाको क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनायो । पाकिस्तानकी कोमल खानले ३८ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् ।

याे जीतसँगै नेपाल ‘सुपर–४’ मा प्रवेश गरेकाे छ । पाकिस्तानले लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणकाे अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेकाे हाे । नेपालले समूह ‘ए’ को अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ ।प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र आयोजक मलेसिया छन् ।

प्रतिक्रिया दिनुहोस्