२०८२ असार ३
                           

मेयर बस्नेतबाट फाम्तिङ गुम्बाकाे उद्घाटन

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका वडा नं ७ स्थित घुम्थाङमा नवनिर्मित श्री नेपाल फाम्तिङ गुम्बाकाे उद्घाटन गरिएको छ । नगरप्रमुख बालकृष्ण बस्नेतले गुम्बा भवनको उद्घाटन गरेका हुन् ।

भूकम्पले भत्किएको पुरानाे गुम्बा ठडिएपछि स्थानीय खुसी भएका छन् । तिब्बती रिम्पाेछे तेन्जिङ पालजाेरकाे सहयाेग, स्थानीय जनताको स्राेत र चन्दा संकलन गरेर गुम्बाकाे पुनर्निर्माण गरिएको हाे । भवनकाे फिनिसिङ भइसकेको छैन ।

हालसम्म तीन कराेड खर्च भएको निर्माण समितिले जानकारी दिएको छ । गुम्बा उद्घाटनपछि मेयर बस्नेतले स्थानीयकाे आस्थासँग जाेडिएका सबै धर्म, संस्कृति र पुरातत्त्वकाे संरक्षण र प्रवर्द्धन जरुरी रहेकाे बताए । धार्मिक पर्यटनबाट बाह्रबिसे नगरकाे बिकास गर्न सकिने उनकाे धारण थियाे ।

बस्नेतले गुम्बाकाे पुनर्निर्माणमा बाह्रबिसे नगरले पनि सहयोग गर्ने बताए । रिम्पाेछे तेन्जिङ पाल्जाेरले नगरप्रमुखसँग कुराकानी गर्दै बाैद्ध धर्मको प्रचार र यसकाे महत्त्वलाई बाेध गर्न आग्रह गरे ।

बाह्रबिसे र भाेटेकाेसी क्षेत्रमा रहेका आदिवासी जनजातिले विभिन्न समयमा बाह्य सहयाेग र आफ्नै प्रयासबाट गुम्बाहरु निर्माण गरेका छन् । लिस्तीमा भारत सरकारकाे सहयाेगमा पाउगुम्बाकाे निर्माण जारी छ ।

प्रतिक्रिया दिनुहोस्