२०८२ भाद्र १२

देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै

२ कार्तिक  – सरकारले आज र भोलि देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।

मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकाले १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्