विदुर आचार्य / चाैतारा ।जिल्ला विपद् ब्यवस्थापन समिति सिन्धुपाल्चोकले बाढी पहिरोले पु¥याएको क्षतिको विवरण संकलन गरेको छ । अवरुद्ध सडक संचालन देखि उद्धार, राहत, पुनस्थापनाको काममा लाग्न सबै पक्ष लाग्ने गरी कार्ययोजना निर्माण समेत गरेको छ ।
तातोपानी क्षेत्र संकटग्रस्त
जिल्ला विपद् ब्यवस्थापन समितिको शुक्रबार वसेको बैठकले लार्चा माथीको तातोपानी क्षेत्र संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । नेपाल चीन सीमा क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । लार्चा माथीको दुई पुल अस्थाई रुपमा संचालन गर्न पहलका लागि माथिल्लो निकायमा लेखि पठाउने निर्णय गरेको हो ।
गत असोज ११ र १द्द गतेको अविरल वर्षाले सिन्धुपाल्चोकका सबै मुख्य, सहायक र ग्रामीण सडकहरु अवरुद्ध कनाएको थियो । हाल मुख्य सडकहरु संचालनमा आएको, सहायक तथा स्थानीय सडकहरु संचालनको प्रयास भएकोमा यथशीघ्र मुख्य राजमार्गहरु दोहोरो संचालन र अन्य सडकहरु संचालनमा सबै संयन्त्र प्रयोग गरिने निर्णय भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारि दिनुभयो ।
मृतक परिवारलाई विहीवार र शुक्रवार राहत उपलब्ध गराईएको र वेपत्ताहरु द्यश दिन सम्म फेला नपरे राहत उपलब्ध गराईने , २२ गते सम्ममा सबै स्थानीय तहले क्षतिको पूर्ण विवरण उपलब्ध गराउने, पूनःनिर्माण र पूनःस्थापनामा सबै क्षेत्र तथा संयनत्रसँग सहयोग माग तथा समन्वय गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारि दिनुभयो । बैठकले राहत रकम र विस्थापितहरुका लागि प्रदा नगरिएको राहत सामाग्री वितरणको विवरण अनुमोदन गरेको छ ।
तातोपानी नाकामा आवश्यक वेलीव्रीज वा अन्य माध्यमबाट नाका संचालन गर्न माथिल्लो निकायलाई विपद् ब्यवस्थापन समितिले अनुरोध गरेको छ । अस्थाई आवास निर्माण सुनिश्चित गरिने, घटना घटेकै दिन स्थानीय विपद् ब्यवस्थापनले जिल्ला विपद् ब्यवस्थाप समक्ष जानकारि प्रदान गर्ने, तत्कालको राहत स्थानीय सरकार मार्फत र स्थानीय सरकारबाट संभव नभएका राहतका लागि माथिल्लो सरकार समक्ष जानकारि पठाउने परिपाटी निर्माण गर्ने समेतको निर्णय शुत्रबार भएको हो ।
कृषकले लगाएको वालीनालीको क्षतिको विवरण तत्काल संकलन गर्ने र गुठीको जग्गामा लगाएको अन्नवालीमा क्षति पुगेको कारण यो वर्षको कुत मिनाहा गर्न अनुरोध सहित सिफारिस गर्ने बैठकले निर्णय गरेको छ ।
बाढी पहिरोबाट बाह्रविसे नगरपालिका, भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिकाको सबै सडक पूर्ण अवरुद्ध भएकोमा हाल आंशिक रुपमा संचालनमा आएको छ । त्रिपूरासुन्दरी गाउँपालिकाको अधिकांश वस्ती जोखिममा छन् भने वडा नंमवर १, २ र ३ मा अझै सडक संचालन हुन सकेको छैन ।
सुनकोशी गाउापालिकाको सिन्धु वीच रिसोर्ट पूर्ण क्षति भएको छ भने तीन जनाले जयान गुमाएका छन् । १३ घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय सडकहरु आंशिक संचालनमा ल्याईएको र सडक संचालनको प्रयास भैरहेको छ । विस्थापितका लागि राहत सामाग्री र जोखिममा रहेकालाई त्रिपाल वितरण गरिएको छ ।
बलेफी गाउँपालिकामा बाढी पहिरोबाट २७ घर प्रभावित वनेका छन् । आनन्द माध्यमिक विद्यालयमा आंशिक र वडा नंम्वर ३ जाने सडक पूर्ण क्षति भएको छ । अँधेरी–मांखा सहितका छ वटा पालिका भित्रका मुख्य सडकहरु अवरुद्ध भएका छन् । वडा नंम्वर ४ को तल्लागाउँको ५ घर र वडा नंम्वर ५ को लामाचौरका दश घर उच्च जोखिममा रहेका छन् ।
स्थानीय अवरोधका कारण कतिपय सडक संचालनमा ढिलाई भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको सबै वडाको सडक संचालनको प्रयास भईरहेको छ । बन्देउ–चौतारा सडक बाढीपहिरो पछिको ४८ घण्टा भित्र संचालनमा आएको र अन्य सडकको संचालन प्रयास जारी रहेको छ । नगरपालिका भरी ६० परिवार विस्थापित भएका छन् भने ५०७ घर प्रभावित भएका छन् ।
१५ वटा सरकारी संरचनामा क्षति पुगेको छ । १७ सामुदायिक भवन र १ हजार ६ सय १३ रोपनी कृषि क्षेत्रमा क्षति पुगेको छ । ५९ पशु चौपाया मरेका छन् । ६१ वटा सिँचाई कुलोमा क्षति पुगेको छ । ४ सय ९८ घरधुरीमा खानेपानीको लाईन विच्छेद भएको छ ।
जिल्लामै सबैभन्दा वढी मानवीय क्षति भएको जुगलमा भौतिक क्षति पनि उत्तिकै भएको छ । २ झोलुङ्गे पुल पूर्ण क्षति भएको छ भने २ वटा जोखिममा रहेका छन् । विस्थापितहरुको लागि राहत सामाग्री, खाद्यन्न र मृतकहरुको लागि राहत उपलब्ध गराईएको छ ।
४० घर पूर्ण क्षति भएको ईन्द्रवती गाउँपालिकामा ९३ घर उच्च जोखिममा छन् भने ८ घरमा आंशि क्षति पुगेको छ । तत्काल २४ परिवार स्थानानतरण आवश्यक रहेको पालिकाले जनाएको छ । १ हजार ४ सय रोपनी अन्नवाली लगाएको जमिनमा क्षति पुगेको, २१ सिचाई आयोजना, २६ खानेपानी परियोजना र ८ सामुदायिक संरचनामा क्षति पुगेको ईन्द्रावती गाउँपालिकाले जनाएको छ ।
२२ घर पूर्ण क्षति भएको मेलम्ची नगरपालिकामा ३५ घरमा आंशिक क्षति भएको छ । फट्टेको वस्ती सार्नुपर्ने भएको छ । २८ खानेपानी आयोजना, १७ सिँचाई कुलो, ४ गोठ र ३ विद्यालयमा बाढी पहिरोले क्षति पु¥याएको छ । मेलम्ची–काठमाण्डौ, मेलम्ची–हेलम्वु र मेलम्ची–पाँचपोखरी सडक पूर्ण संचालनको आवश्यकता रहेको पालिकाले जनाएको छ ।
असार ३० गतेको बाढीले ब्यापक क्षति पु¥याएको पाँचपोखरी गाउँपालिकामा असोज १२ को बाढी पहिरोले झनै वितण्डा मच्चाएको छ । २४ परिवार विस्थापित भएका छन् । ७ वस्तीका १ सय ३५ नदी तटीय क्षेत्रका परिपार उच्च जोखिखमा रहेका छन् । यसअघि नै १ सय ८४ पूननिर्माण लाभग्राही कायम भएपनि पूनस्थापना गर्न नसकिएको पालिकाले जनाएको छ । २ पानीघट्ट, १ हजार ६ सय रोपनी खेतीयोग्य जमिन, २ निर्माणधी पक्की पुल सहित ७९ लाख वरावरको अन्नवालीमा क्षति पुगेको छ । ५ झोलुङ्गे पुल, विभिन्न ठाउँमा गरी ४ किलोमिटर सडक, ३ विद्यालय, २ खानेपानीमा असार ३० गतेको बाढीले क्षति पु¥याएको र पूननिर्माणको क्रममा असोज १३ गते पून क्षति भएको हो ।
बाढी पहिरोबाट ब्यापक क्षति पुगेको, नागरिकहरु आश्रयमा रहेको आवास, तथा अन्नवालीमा ब्यापक क्षति पुगेका कारण अव अ्याक्सन प्लानमा लाग्नुपर्ने ईन्दावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल लगायतका स्थानीय सरकारका प्रमुखहरुको धारणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्