असोज १९, सिन्धुपाल्चोक । नेपालीको महान् पर्व विजयी दशमी तथा शुभदिपावलीको पावन अवसरमा खुला ७ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुने जागरण समाज क्लबका सचिव सबिन दंगालले बताए । जागरण क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
प्रतियोगितामा अन्य जिल्लाकाले पनि भाग लिन पाउनेछ । यसपाली टीम दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको छ । टीम दर्ता कात्तिक ३ गते सम्म हुनेछ। क्लबले सनिबार चौतारामा प्रेसमिट गर्दै प्रतियोगिता बारे अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिएका हुन ।
प्रतियोगितामा विजेता हुनेल रु १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद सहित शिल्ड मेडल र ट्रफी प्राप्त गर्नेछन् । यसका साथै प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी, उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।
कात्तिक ५ गतेबाट हुने चौथो संस्करणको मालिकादेवी कपमा खेलाडीहरुको विमाको समेत गर्ने आयोजकले बताए । विमाको लागी प्रत्येक क्लबले १५ सय रुपैया बुझाउनुपर्ने छ विमाको अवधि ७ दिनको रहने छ ।
प्रतिक्रिया दिनुहोस्