२०८१ बैशाख ८

“खाल्दा निबारी”तामाङ सेलाे सार्वजनिक

चौतारा । सुनिरँहू जस्तो मात्र हैन हेरिरहुँ जस्तो पनि लाग्ने तामाङ सेलो भाकाको गीत हिजो भर्खर मात्र सार्वजनिक भएको छ ।
पछिल्लो समय सेलो गीतमा धमाका मच्चाएर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सिन्धुपाल्चोकका गायक आश्मान लोप्चनकोको समूहले सार्वजनिक गरेको “खाल्दा निबारी”मा नृत्य पनि उत्तिकै रहर लाग्दो र लोभ लाग्दो पनि छ ।
अस्श्मान लोप्चनसँगै यो गीतमा रोशन लुङ्बा, बिक्रम लुङ्बा र बिन्दु रुम्बाको मीठासपूर्ण स्वर पनि सुन्न सकिन्छ ।
गीतलाई ओपेरा डिजिटलले आफ्नो युट्युब च्यानलमा बैशाख १ गते सार्वजनिक गरेको हो ।

मकवानपुरको विभिन्न भागमा छायांकन गरिएको यो गीत कुमार स्याङबाले रचना गरेका हुन् ।संगीतकार बिशाल काल्तान र कर्साङ संगीत संयोजन गरेको यो गीतको भिडियोका निर्देशकहरुमा लामा भिडियोका प्रमुख कलाकार बिक्र लुङवा र बिन्दु रुम्बा हुन् |

प्रतिक्रिया दिनुहोस्