२०८२ श्रावण १६

चौतारा बहुमुखी क्याम्पसले २४ औं स्थापना दिवस मनायो

चौतारा बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस विभिन्न कार्यक्रम सहित मनाए।  विद्यार्थीहरुले क्याम्पसले विद्यार्थी अभावको समस्या झेल्नुपरेको गुनासो सभामुख देवराज  समक्ष राखे । उनीहरुले संघीय संसदका सभामुख देवराज घिमिरेलाई देशभित्र रहेका युवालाई नेपालमै रोक्नसक्ने गरी सम्भावनाको खोजी गरेर समृद्ध र सभ्य समाज निर्माणमा सहयोग पुग्ने नीति बनाउन ध्यानाकर्षण  गराए ।

समारोहमा क्याम्पसलाई विविध क्षेत्रमा सहयोग गर्नुहुने क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठ, बागमती प्रदेश सांसद तथा पुर्व मन्त्री युवराज दुलाललाई सम्मान गरिएको थियो । यस्तै समारोहमा क्याम्पसका सल्लाहकार रामचन्द्र श्रेष्ठ , चौतारा साँगाचोकगढी नगरपालिकाको उप प्रमुख सीता थापा , संचालक समिति सदस्य रामकृष्ण दंगाल लगाएत जग्गा दाता र शैक्षिक अभियान्ताहरुलाई सम्मान गरिएको हो ।

विश्वविद्यालय अनुदान आयोगकाद्वारा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र प्राप्त यस क्याम्पसमा स्नातकोत्तर सम्मको पठन पाठन हुदै आईरहेको छ ।जसमध्ये स्नातक तहमा शिक्षा, व्यवस्थापन र बिज्ञान विषयमा  र  स्नातकोत्तर तहमामा शिक्षा विषयमा पठनपाठन हुँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्