२ भाद्र २ – जलस्रोत विधेयक,२०८० मा जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्यालाई समावेश गर्न सांसदहरुले माग गरेका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक,२०८० माथिको दफावार छलफलमा भाग लिँदै सांसदहरूले जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्यालाई सम्बोधन हुने गरि कानुन संशोधनको माग गरेका हुन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले जलवायु परिवर्तनको कारण मनाङ, मुस्ताङ र सोलुखुम्बुमा आएको बाढीले गम्भीर प्रश्न उठाएको बताए ।
उनले विधेयकको प्रस्तावनामा नै जलस्रोतको उपयोग संरक्षण एकीकृत र समन्वयात्मक विकास गर्न तथा जलवायु परिवर्तनबाट उत्पन्न हुनसक्ने जल तथा मौसमजन्य प्रकोप र विपद्को प्रभावलाई न्यूनीकरण गर्नका लागि जलस्रोत सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्