२०८२ कार्तिक २

अनुसन्धानका लागि ‘तपस्वी’ बम्जनलाई प्रहरीले सिन्धुपाल्चोक ल्याए

९ श्रावाण, सिन्धुपाल्चोक । आफूलाई ‘तपस्वी’ दाबी गर्ने रामबहादुर बम्जनलाई सिन्धुपाल्चोक ल्याइएको छ । उनलाई बुधबार नुवाकोटबाट सिन्धुपाल्चोक चौतारा ल्याइएको हो । बम्जनलाई मानब बेचबिखन र महिला बेपत्ता पारिएको मुद्धामा अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइएको हो ।

उनले जिल्लाको इन्द्रावती गाउँपालिका स्थित बाढेगाउँमा रहेको आश्रमबाट एक महिलालाई बेपत्ता बनाएको र एक पुरुषलाई बेचिएको सम्बन्धि उजुरी जिल्ला प्रहरी कार्यलयमा परेको छ । त्यसको बयानका लागि बम्जनलाई नुवाकोट हुदै सिन्धुपाल्चोक ल्याइएको प्रहरीले जनाएको छ । बम्जनको बयान भने भोली मात्र लिने भएको छ ।बम्जनलाई सिन्धुपाल्चोक जिल्ला कारागारमा राखिएको छ ।

यसअघि न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो । छुट्टै उजुरीमाथि छानबिन र बयानका लागि बम्जनलाई प्रहरीको विशेष टोलीले सिन्धुपाल्चोक ल्याएको हो ।

बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । उनलाई २०८० पुस २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्