२०८२ बैशाख १९
                           

बागमतीको जनता आवास कार्यक्रम अन्तरगत सिन्धुपाल्चोकमा ३० वटा घर बन्ने

१० असार, सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तरगत सिन्धुपाल्चोक जिल्लामा ३० वटा घर बन्ने भएको छ । प्रकाशित सुचनाका आधारमा जिल्लाका कुल १३ सय ५२ घर धुरीको निवेदन परेको थियो । जसमध्य कार्यविधि अनुसार सम्भावना भएको २ सय ५५ वटा घर सर्भे भएकोमा मन्त्रालयबाट ३० वटा मात्र स्वीकृत भएको हो ।

शहरी विकास मन्त्रालयले गरिवीको पहिचान गरी ३० ओटा घर निर्माण गरिदिने भएको हो । हाल प्रयोगमा रहेको घरको अवस्था, अति विपन्न, अनाथ, वृद्धवृद्धा, एकल महिला र उनिहरुको आयस्तर , रोजगार र शिक्षाको आधारमा छनौट गरिएको शहरी विकास कार्यलय धुलिखेलका कार्यलय प्रमुख सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार प्रदेशको जनता आवास कार्यक्रममा सबै जातजातिका विपन्नलाई यो आवास बनाउन लागिएको हो ।

जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिकाको ११ , भोटेकोशिको ५, त्रिपुरा सुन्दरीको २, मेलम्चिको ८ र इन्द्रावतीको ४ गरी ३० वटा छनौटमा परेको हो । उनिहरुले ३ किस्तामा आवास निमार्णको जम्मा ४ लाख भुक्तानी पाउनेछन् । पहिलो किस्ता २० प्रतिशत निमार्ण सम्झौता पछि, दोस्रो किस्ता ६० प्रतिशत सिल लेवल तयार पछि र तेस्रो किस्ता २० प्रतिशत छाना सम्पन्न भएपछि पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्