२०८२ असार २
                           

बलेफी गाउँपालिमा अपाङ्गता ब्यक्तिलाई साबुन बनाउन सिकाउदै

४ असार, सिन्धुपाल्चोक । अपाङ्गता भएकाहरुलाई बलेफी गाउँपालिकाले साबुन बनाउन सिकाइएको छ । पुनःस्थापन कार्यक्रम अन्तरगत प्रदेश सरकारबाट प्राप्त ३ लाख बजेटबाट सीपमुलक तालिम गरेको उपाध्यक्ष सरु तमाङले बताईन् । उनका अनुसार लक्षित ब्यक्तिहरुसंगको राय अनुसार साबुन बनाउने तालिम उपयुक्त देखिएको हो । सीप सिकेमा आर्थिक रुपमा आम्दानी भइ सहज हुनका साथै आफ्नो व्यक्तित्व विकास हुने भएकोले ध्यान दिएर सीप सिक्न अनुरोध गरिन् ।

प्रशिक्षक भक्त नेपालीले ५ दिन सञ्चालन हुने तालिममा साबुन बनाउन सिकाउने भएका छन् । समाज र परिवारमा अपाङ्गता भएकोहरुलाई स्थापित गराउने मुख्य उद्देश्य यो तालिमको आयोजना गरेको अपांगता संगठन नेपालका केन्द्रिय अध्यक्ष टिकाराम पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्