२०८१ श्रावण १२
                           

चौतारामा आजदेखि डिजिटल पत्रकारिता तालिम सुरु

बैशाख २८, सिन्धुपाल्चोक । चौतारामा शुक्रबारदेखि ३ दिने डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । बहु आयामिक पत्रकारिता आजको आवश्यकता भन्ने नाराका साथ दिइएको सो तालिममा ३० जना सहभागी भएका छन् ।

शुक्रबार विहान नेपाल पत्रकार महासंघ शाखा सिन्धुपाल्चोकका अध्यक्ष जीवन प्रसाद श्रेष्ठले प्रशिक्षार्थीलाई डायरी तथा नोट बुक दिर्दै तालिमको उद्घाटन गरेका हुन् । । तालिमको उत्घाटनसत्रमा बोल्दै अध्यक्ष श्रेष्ठले सहभागीलाई राम्रो अवसर भएको बताउदै डिजिटल पत्रकारिताले अहिले समाचार प्रकाशन, प्रशारण गर्न सहज भएको धारणा ब्यक्त गरे । उनले यस तालिम लिइसकेपछि आफ्नै अनलाई मिडिया चलाउन समेत मदत पुग्ने बताए ।

कन्चन स्मृती साहित्य प्रतिष्ठानको आयोजनामा चौतारा साँगाचोक गढी नगरपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको समन्वयमा  तालिम भइरहेको हो ।यस तालिममा सहभागीहरुलाई डिजिटल फिल्डमा अनुभवी प्रशिक्षकहरुले तालिम दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्