२०८२ मंसिर १७

रोहितको कप्तानीमा टी-२० विश्वकप क्रिकेट खेल्ने टोली घोषणा

बैशाख २० । टी-२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी-२० विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी–२० विश्वकप क्रिकेट यही जुन/जुलाईमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्