निर्मल बस्नेत- सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौतारामा अवस्थित जुगल बोर्डिङ हाइस्कुलले बढ्दो वायुमण्डलिय प्रदुषण र हावाहुरीको असरलाई मध्यनजर गरि विद्यालयमा जारको पानी व्यवस्था गरेको छ ।
अक्वा जुगल चौताराले उत्पादन गरेको जारको पानी विद्यालयले लिने निधो गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शुद्ध पानी पिउन पाउने भएका छन् ।
शनिबार जुगल बोर्डिङ हाई स्कुल चौताराका प्रधानाध्यापक ओमप्रकाश उप्रेती सहितको टिमले अक्वा जुगल कम्पनीको उत्पादन क्षेत्रमै गई अवलोकन गरेको थियो ।
अक्वा जुगलका सञ्चालक कुलबिर सिं खड्कासँग सुलभ मूल्यमा खानेपानी उपलब्ध गर्ने गराउने आपसी समझदारी कामय गरिएपछि आईतबार नै बोर्डिङमा ५० भन्दा माथी जारको पानी ल्याईएको विद्यालयको प्रिन्सिपल ओमप्रकाश उप्रेतीले बताए ।
उनका अनुसार जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता समितिको २ वटा धारा र एक स्थानीयको घरको धारा प्रयोगमा ल्याउँदा समेत होस्टलमा बस्ने ७० भन्दा माथिको बिद्यार्थी र शिक्षकहरुलाई सरसफाई गर्नमा मात्र पुग्ने भएपछि पिउनको लागि जारको पानी प्रवन्ध गरिएको हो ।
यसभन्दा अघि धारामा आउने पानीमा हावाहुरीको कारण विभिन्न फोहोरमैला मिसिएर आउने भएकोले पानी जती मात्रामा शुद्ध हुनुपर्ने त्यती नभएको कारण विभिन्न रोगव्याधी जोखिम रहेको थियो ।
विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर नपरोस् भन्ने हेतुले जारको पानी प्रवन्ध गरिएको विद्यालयको प्रिन्सिपल उप्रेतीको तर्क छ ।
जुगल बोर्डिङ हाइस्कुलमा हाल ५ सय ५० भन्दा माथी विद्यार्थीहरु र ३ दर्जन शिक्षक शिक्षिकाहरु अध्ययन – अध्यापन गर्दै आइरहेका छन् । आईतबार नै विद्यार्थीहरु जारको पानी फिल्टर सहितको उपकरणमा बोटल थापेर पानी पिउन सुरु गरिसकेका छन् ।
विद्यालयमा शुद्ध पानी उपलब्ध भए पछि शिक्षक र विद्यार्थीहरुबाट खुसी थपिएको छ ।
अक्वा जुगलले चौतारा साँगाचोकगढी नगरपालिका ५ मा नै कम्पनीका सञ्चालक कुलबिर सिं खड्काले गत बर्षको श्रावण महिनादेखि उत्पादन गरि चौतारा र आसपासका बजारहरुमा मिनरल वाटर बोतल र जार दुवैबाट पिउने पानीको उपलब्धता गराउदै आईरहेको सञ्चालक खड्काले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्