चैत्र २६ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख चार दलको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै राखेको छ भने सत्तारुढ तीन दलले संसदीय समिति गठन नगर्ने अडान नछोडेपछि बैठक विना निष्कर्ष सकिएको हो ।
भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयकलाई पेश गर्ने सत्तारुढ दलका नेताहरुले बताएका छन् । मन्त्री लामिछानेले भने सहकारी सदस्य नभएकाले आफूले अनियमितता नगरेको दाबी गर्दै आउनुभएको छ ।
तर काँग्रेसले संसदीय समिति गठनको माग गरेको छ । काँग्रेसले समिति नबनेसम्म रोष्टममा बोल्न नदिने रणनीति बनाएपछि गृहमन्त्री लामिछानेले अप्ठेरोमा पर्नुभएको हो ।
गत चैत २१ मा बसेको पछिल्लो संसद बैठकमा कांग्रेसले संसदीय समिति नबने सदन नचल्ने चेतावनी दिएपछि सभामुख देवराज घिमिरेले आज चार दलको बैठक बोलाउनुभएको थियो ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा कांग्रेसले संसदीय समिति गठन नभए सदन चल्न नसक्ने दोहो¥याएको छ । आजै बसेको कांग्रेसका पदाधिकारीको बैठकले संसदीय छानविन समिति गठन गर्ने पार्टीको मागमा कायमै रहने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्