२०८२ भाद्र ११

भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको ; प्रहरी प्रधान कार्यालय

चैत्र २६ । काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक बौद्ध भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको जानकारी दिएको हो ।

एकजना भिक्षुमाथि प्रहरीले पछाडिबाट लात्ती प्रहार गरेको भिडिओ सामाजिक सन्जालमा भाइरल छ । धेरैले उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरिरहेका छन् ।

उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको व्यवहोरा समेत जानकारी गराउँदछौं,’ सूचनामा लेखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्