२०८१ श्रावण १२
                           

वैकिङ कसूरका फरार अपराधी २ जना पक्राउ

चैत्र ९, चौतारा । वैकिङ कसूरका फरार रहेका एक पुरुष र एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेलम्ची नगरपालिका १२ का ४० वर्षिय भगवती ढकाल छिन् । उनलाई उच्च अदालत पाटनले १२ दिन कैद र १९ लाख जरिवाना फैसला गरेको थियो । उनी ३ वर्ष पछि पक्राउ परेको हो ।

यस्तै फैसला कार्यान्वयन अन्तर्गत कैद / जरिवाना सजाय भई फरार रहेका टेण्डु भन्ने टेण्डुप लामालाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । लिशंखुपाखर गाउँपालिका ५ का ५४ वर्षका टेण्डु १ वर्ष पछि पक्राउ परेको हो । टेण्डुलाई उच्च अदालत पाटनले रु ५ लाख जरिवाना र २ दिन कैद सजाय सुनाएको थियो ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय मेलम्ची तथा प्रहरीचौकी मुडेको प्रहरी टोलीले पक्राउ गरिएको हो । पक्राउ परेका २ जनालाई कैद/जरिवाना सजाय असुलका लागि सिन्धुपाल्चोक जिल्ला अदालत चौतारा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्