२०८१ श्रावण १२
                           

आयाेडिनकाे महत्त्व बुझाउँदै स्वास्थ्य कार्यालय

जिल्ला स्वास्थ कार्यालय सिन्धुपाल्चोकले फ्रेब्रुअरी २०२४ लाई विभिन्न सचेतना मुलुक कार्यक्रम गरि आयाेडिन दिवसकाे रुपमा  मनाउने भएकाे छ ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकाे कार्यक्रम अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले विद्यालय र महिला समुहलाई आयाेडिनकाे महत्त्वबारे सचेतना कक्षा दिएकाे जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईँले जानकारी दिइन्। भान्सामा नुन  सबैभन्दा बढी प्रयोग हुने र त्यसमा आयाेडिनयुक्त नुन नै प्रयोग गर्नुपर्नेमा जाेड दिइन्।

उनलेे भनिन्- आयाेडिन नुनलाई सहि ढंगबाट प्रयोग गर्न खुल्ला भाडाेमा राख्न नहुने, धेरै ताताे ठाउँमा राख्न नहुने र खानेकुरामा नुन राखिसकेपछि धेरैबेर पकाउन हुँदैन।

आयाेडिन मानिसकाे शरिरलाई अति आवश्यक तत्व हाे । नेपालमा दुई बालबालिकाकाे चिन्न भएकाे प्याकेटकाे नुनमा मात्र आयाेडिन पाइने गर्दछ ।खबरज्याेति

प्रतिक्रिया दिनुहोस्