सिन्धुपाल्चोक ,४ फागुन
सुनकोशी कार्यपालिकाको निर्णय सच्याउन सुनकोशीको संघर्ष समितिले आग्रह गर्दै चौथो दिन पनि आन्दोलन जारी राखेको छ । शुक्रबारसम्म माग पूरा नभए सुनकोकोशी भित्रका सबै सरकारी कार्यालय र सडक ठप्प गर्ने संघर्ष समितिले निर्णय गरेको छ ।
सुनकोशी गाउँपालिकामा चार दिनदेखि तालाबन्दी हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । पलिकाको स्थायी केन्द्रको विषयलाई लिएर गाउँपालिका तालाबन्दी गरिएको हो । सुनकोशी गाउँपालिका स्थायी केन्द्र भवन संघर्ष समितिको नामबाट पालिकाको केन्द्र सुनकोशी ५ सुनखानीमा हुनु पर्ने भन्दै संघर्ष समितिको नामबाट तालाबन्दी छ।
निरन्तर कार्यक्रम अनुसार पालिकाको आगँनमा धर्ना साथै सम्बन्धित वडाहरुमा संघर्ष समिति परिचालन र ६ गते आईतबार विशाल सभा जनासागर सहित सुनकोशी गाउँपालिका क्षेत्र हुदैँ गुड्ने सडक खण्ड चक्का जाम गरी थप ससतm कार्यक्रम गर्ने तयारी भएको सुनकोशी गाउँपालिका स्थायी केन्द्र भवन संघर्ष समिति संयोजक छिरिङ लामाले हस्तक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
फागुन १ गतेदेखि गरिएको तालाबन्दी चौथो दिन पनि जारी छ । गाउँपालिकामा तालाबन्दी भएपछी कर्माचारीहरु कार्यलय बाहिर नै रहेकाले दैनिक कामका लागि आउने सेवाग्राहीहरु फर्कन बाध्य भएका छन् ।यसअघि सुनकोशी गाउपालिकाले पालिका केन्द्र तोकेर आफ्नो प्रशासकिय भवन बनाउन अझै सकेको छैन।
माघ २९ गते सुनकोशी गाउपालिकाको कार्यपालिका बस्दै थियो।उक्त बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै सुनकोशी गाउंपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाबले र आबश्यकताको आधारमा सुनखानी ५ मा बनाउनु पर्छ र यो बिषय आजको गाउंसभामा मुख्य एजेन्डा हुँदै सकेसम्म छलफलबाटै निश्पक्ष ढंगले सुनखानिमै केन्द्र तोकि भवन बनाउन निर्णय गरियोस भनि संघर्ष समिती लगायत सम्पूर्ण सरोकार वालाहरु उपस्थिति भइ गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत तथा सातै वाडका अध्यक्षहरु समक्ष सुनकोशी को सभाहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाएको थियो।
प्रतिक्रिया दिनुहोस्