२०८१ श्रावण १२
                           

रास्वपाको दबाब अभियान मेलम्चीबाट शुभारम्भ

सिन्धुपाल्चोक, २१ माघ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिन्धुपाल्चोकबाट देशभरका २१ आयोजनामा रास्वपाको दबाब अभियान शुभारम्भ गरेका छन् । अभियानको पहिलो दिन मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय बासिन्दाको माग सम्बोधन गर्दै स्थायी रुपमा खानेपानी काठमाडौ लैजान दबाबमुलक पदयात्राका लागि पार्टीको सम्पुर्ण टिम सहित लामिछानेले मेलम्चीबाट अभियान शुरुआत गरेका हुन् ।

पार्टीले साँसद सोभिता गौतमको संयोजकत्वमा आइतबार मेलम्ची बजारदेखि खानेपानी मुहान अम्बाथानसम्म पदयात्रा गरेको हो । पार्टीले अभियानकै रुपमा देशका सात वटै प्रदेशमा तिन /तीन वटा राष्ट्रिय महत्त्वका योजनामा दबाबमूलक कार्यक्रम तय गरेको छ । अभियानको शुरुआतमा पार्टीले २१ वटै आयोजनाको दबाब ब्यानर सम्बन्धित केन्द्रीय सदस्य र साँसदलाइ हस्तान्तरण गरेको हो ।

दबाब यात्रामा पार्टी सभापति लामिछाने सहित पार्टीका केन्द्रीय सदस्यहरु र साँसदहरु सहित पार्टीको विभिन्न तहका पदाधिकारी सहभागी भएको संयोजक गुरुङले बताइन् । पदयात्राका क्रममा सभापति लामिछाने सहितको टोलीलाई स्थानीय बस्तिका बासिन्दाहरुको ठाउँठाउँमा भव्य स्वागत गरेका थिए भने लामिछानेले स्थानीय बासिन्दाको सुझाव तथा गुनासा समेत सुनेका थिए ।

प्रतिक्रिया दिनुहोस्